Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

चितवनमा चारवटा गैँडा मृत फेला: कालगतिले वा दुर्घटनाका कारण मृत्यु ?

  •   २ वर्ष अघि | १४ कार्तिक २०८१, बुधबार

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा कात्तिक महिनामा मात्रै चारवटा गैँडा मृत भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले दिएको जानकारीअनुसार, कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत अवस्थामा फेला परेका हुन्।

सूचना अधिकारी थापामगरका अनुसार, कात्तिक ५ गते नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको थियो। अनुसन्धानपछि उक्त गैँडा प्राकृतिक कारणले मरेको पुष्टि भएको छ।

त्यसैगरी, कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा सडेगलेको अवस्थामा एउटा बच्चा र एउटा वयस्क गैँडा फेला परेको थियो भने कात्तिक १३ गते निकुञ्जको भिम्ले पोष्ट नजिक अन्दाजी २५ वर्षको पोथी गैँडा दलदलमा फसेर मरेको भेटिएको छ।

निकुञ्जले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म छवटा गैँडा मरेको तथ्यांक राखेको छ। तीमध्ये एउटा करेन्ट लागेर र बाँकी प्राकृतिक कारणले मरेका हुन्। यसरी चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाको सङ्ख्या १० पुगेको छ।

यसैबीच, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अवैध गतिविधि गर्ने १० जनालाई नियन्त्रणमा लिइएको छ। बिना अनुमति निकुञ्ज क्षेत्र प्रवेश गर्ने, बालुवा चोरीनिकासी गर्ने र तियारी जाल प्रयोग गरी माछा मार्नेहरूलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ।


  • Jigyasa media

थप