Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मध्यराती श्रीमतीको हत्या गरी श्रीमान फरार

  •   २ वर्ष अघि | ३० असार २०८१, आइतवार

रुकुम पश्चिम । आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरी रुकुम पूर्वमा श्रीमान फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेर फरार रहेको जानकारी दिएका छन् । 


ओलिले श्रीमतीको हत्या पछि आफ्नो पाँच वर्षिय छोरा आयुस ओलीलाई आफु सँगै लिएर फरार भएको बताइन्छ । उनले शुक्रबार राति श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । 


घटनाबारे प्रहरीले श्रीमतीको हत्यामा संग्लग्न भनिएका ओलि लाई खोजिरहेको र थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

  • Reporter

थप