Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

देशभर बदली : गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

काठमाडौं, भदौ १५ ।

मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशभर साधारणतया आकाशमा बादल रहने र धेरै ठाउँमा वर्षा हुने अनुमान गरेको छ।

महाशाखाका अनुसार, हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा सक्रिय छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेको छ, जसका कारण देशभर वर्षाको सम्भावना बढेको हो।

 दिउँसो (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म)

देशभर साधारणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना।

बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा समेत वर्षा हुने अनुमान।

कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना।

 राति (साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म)

देशभर साधारणतया बदली।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा केही स्थानमा मध्यम वर्षा।

बाँकी पहाड र तराईमा थोरै स्थानमा वर्षा।

गण्डकी र सुदूरपश्चिमका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षा।

वर्षाको मापन कसरी ?

मौसमविद्हरूका अनुसार :

१० मिमीसम्म = हल्का वर्षा

१०–५० मिमी = मध्यम वर्षा

५०–१०० मिमी = भारी वर्षा

१००–२०० मिमी = धेरै भारी वर्षा

२०० मिमीभन्दा माथि = अति भारी वर्षा

“स्थान” भन्नाले के जनाइन्छ ?

एक–दुई स्थान = १०% भन्दा कम क्षेत्रमा वर्षा

थोरै स्थान = १०–३०% क्षेत्र

केही स्थान = ३०–५०% क्षेत्र

धेरै स्थान = ५०–८०% क्षेत्र

अधिकांश स्थान = ८०% भन्दा बढी क्षेत्र

महाशाखाले विशेष गरी कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित पहिरो, बाढी तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिमलाई ध्यानमा राख्न स्थानीयलाई सुझाव दिइएको छ।

  • Jigyasanepal

थप