काठमाडौं — देशभर पछिल्लो एक वर्षमा विपद्जन्य घटनाहरू भयावह रूपमा बढेको तथ्यांक सार्वजनिक भएको छ। विभिन्न प्राकृतिक तथा मानवीय विपद्का कारण सयौंले ज्यान गुमाएका छन् भने हजारौं परिवार प्रभावित बनेका छन्।
National Disaster Risk Reduction and Management Authority Nepal का अनुसार गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्।
यी घटनाबाट
१३ हजार ९८ परिवार प्रभावित
४७९ जनाको मृत्यु
१ हजार ८०० जना घाइते भएका छन्।
कुन–कुन विपद्ले कति क्षति?
प्राधिकरणको विवरणअनुसार सबैभन्दा बढी
आगलागी : ३,४८० घटना
पहिरो : ६०४ घटना
सर्पदंश : ६०० घटना
जनावर आक्रमण : ५०४ घटना
हुरीबतास : ४५१ घटना
भारी वर्षा : ४४२ घटना
चट्याङ : ४०६ घटना
बाढी : ३२१ घटना
वन डढेलो : २७९ घटना
अन्यतर्फ
लेक लाग्ने (उच्च भू–भाग रोग) : १२३ घटना
हिउँपहिरो : ५ घटना
भूकम्प : ७ घटना
डुङ्गा पल्टिने : २ घटना
असिना, शीतलहरजस्ता घटना : १/१
घटना दर्ता भएका छन्।
एकै दिन २६ घटना, १० जना घाइते
प्राधिकरणका अनुसार चैत १० देखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन्।
👉 एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागी
👉 कुल १० जना घाइते भएको विवरणमा उल्लेख छ।
🔥 गम्भीर संकेत
यो तथ्यांकले नेपालमा विपद् जोखिम निरन्तर बढ्दो अवस्थामा रहेको स्पष्ट देखाएको छ।
👉 आगलागी, पहिरो, चट्याङ र सर्पदंशजस्ता घटनाहरू मुख्य चुनौती बनेका छन्
👉 जलवायु परिवर्तन र अव्यवस्थित विकासले जोखिम अझ बढाएको संकेत
समयमै तयारी, सचेतना र प्रभावकारी व्यवस्थापन बिना विपद्ले अझ ठूलो क्षति पुर्याउने चेतावनी विज्ञहरूले दिएका छन्।
-
Jigyasanepal