Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

काठमाडौँमा जाडो तीव्र : न्यूनतम तापक्रम झर्‍यो ९ डिग्रीको आसपास, चिसोको असर देशभर

  •   १० महिना अघि | ३० कार्तिक २०८२, आइतवार

काठमाण्डौ ।

काठमाडौँ उपत्यकामा जाडो दिनप्रतिदिन कडा हुँदै गएको छ। देशभर तापक्रम लगातार घटिरहेको बेला राजधानीको न्यूनतम तापक्रम पनि झन्डै ९ डिग्री सेल्सियससम्म तल झरेको छ, जसले चिसोको प्रभाव झनै तीव्र भएको संकेत गर्छ।

आइतबार बिहान ५:४५ को मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस नापिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।

उनका अनुसार शनिबार बिहान सोही समयमा तापक्रम ९.६ डिग्री थियो, तर ८:४५ सम्म झर्दै ९.२ डिग्री पुगेको थियो।

“आज त ६:४५ मै ९.३ देखिएको छ, ८:४५ सम्म यसभन्दा तल झर्ने सम्भावना पक्कै छ,” ढकालले भने।

नेपालमा आधिकारिक न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजेपछि घोषणा गरिन्छ।

मौसमविद्हरूका अनुसार राति आकाश सफा हुँदा तापक्रम अझै घट्ने, र बादल लाग्दा केही कम घट्ने प्रवृत्ति हुन्छ। अहिले उपत्यकामा राति आकाश खुलेर तापक्रम झन् तल झर्ने क्रम जारी छ।

देशका अन्य भूभागमा पनि यस्तै चिसोको प्रभाव बढ्दै गएको छ। बिहान-साँझ कडाको चिसो अनुभूत हुन थालेपछि स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।

सामान्यतया नोभेम्बरसँगै सुरु हुने उपत्यकाको जाडो यस वर्ष केही चाँडै बढ्दै गएको जनाइएको छ।

  • Jigyasanepal

थप