Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई र उपत्यकामा तुँवालो कायम

  •   ७ महिना अघि | २७ माघ २०८२, मङ्लबार

काठमाडौं

माघ २७, २०८२

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव कायमै रहँदा देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू–भागमा मौसम फरक–फरक देखिने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल रहनेछ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि तराई भू–भागका केही स्थानमा तुँवालो रहने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले तत्काल उल्लेख्य वर्षा नहुने र तराई तथा उपत्यकाका केही स्थानमा मध्याह्नसम्म कुहिरो रहने सम्भावना रहेको जनाउँदै यसले वायु प्रदूषणलाई निरन्तरता दिन सक्ने बताएको छ। त्यसैले प्रदूषणबाट हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप