Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौं विश्वविद्यालयमा ५९ देशका विद्यार्थी, ३५ वर्षमा झण्डै ६ हजार विदेशीले लिए डिग्री

  •   ३ महिना अघि | १९ असार २०८३, शुक्रबार

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) स्थापना भएको ३५ वर्षको अवधिमा झण्डै ६ हजार विदेशी विद्यार्थीले विभिन्न शैक्षिक कार्यक्रम पूरा गरी डिग्री हासिल गरेका छन्। विश्वविद्यालयले शुक्रबार आयोजना हुने दीक्षान्त समारोहको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ५ हजार ८ सय ६० विदेशी विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्षको दीक्षान्त समारोहमा १ हजार ५ सय २७ विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको छ।

विश्वविद्यालयका अनुसार केयूमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरू एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिकासहित विश्वका विभिन्न महादेशबाट आएका छन्। हालसम्म ५९ देशका विद्यार्थीले केयूमा अध्ययन गरी डिग्री हासिल गरेका छन्।

विदेशी विद्यार्थीमध्ये भारतपछि श्रीलंकाबाट सबैभन्दा धेरै ३९९ जनाले अध्ययन पूरा गरेका छन्। त्यस्तै अमेरिकाका ८५ जना विद्यार्थीले पनि डिग्री हासिल गरेका छन्। इजरायलका ४, प्यालेस्टाइनका १, अफगानिस्तानका ३ तथा इथियोपियाका १ विद्यार्थीले पनि केयूबाट अध्ययन पूरा गरेका छन्। माल्दिभ्सबाट ७५ जना विद्यार्थीले डिग्री लिएको विश्वविद्यालयले जनाएको छ।

केयूमा बेलायत, नेदरल्यान्ड्स, डेनमार्क, फिनल्यान्ड, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, तान्जानिया, नामिबिया, सुडान, गाम्बिया, दक्षिण अफ्रिकालगायत विभिन्न देशका विद्यार्थीले अध्ययन गरेका छन्, जसले विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक आकर्षणलाई झल्काउँछ।

काठमाडौं विश्वविद्यालयको इतिहास सन् १९८५ मा काठमाडौं भ्याली क्याम्पसबाट सुरु भएको थियो। प्रारम्भमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको परिसरमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिएको उक्त क्याम्पस विस्तार हुँदै पछि काठमाडौं विश्वविद्यालयका रूपमा स्थापित भएको हो।

विश्वविद्यालयका संस्थापक सुरेशराज शर्माको पुस्तक ‘A Journey Uphill: Making of Kathmandu University’ अनुसार इन्जिनियरिङ अध्ययनका लागि १२० सिटमा एक हजारभन्दा बढी आवेदन परेपछि नेपालमा गुणस्तरीय उच्च शिक्षाको आवश्यकता महसुस गर्दै काठमाडौं विश्वविद्यालय स्थापना गर्ने अवधारणा अघि बढाइएको थियो।

  • Jigyasanepal

थप