Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

ट्याक्टर दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालक गम्भीर घाइते

  •   ११ महिना अघि | २० कार्तिक २०८२, बिहिबार

बझाङ । सुदूरपश्चिमको बझाङमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर मंगलबार बिहान दुर्घटनाग्रस्त हुँदा थालारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताएअनुसार, दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय ट्याक्टर चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन्।

उनीको छाती र बाँया खुट्टामा गहिरो चोट लागेको छ र हाल जिल्ला अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार, ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण अझै खुलेको छैन, तर प्रारम्भिक अनुमान अनुसार ओभरलोड र भिरालो सडक दुर्घटनाको कारण हुन सक्ने देखिन्छ।

स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

यस दुर्घटनासँगै बझाङका भित्री सडक मार्गमा हुने ट्याक्टर र जिप दुर्घटनाको जोखिमबारे स्थानीयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सडक मर्मत र सवारी सुरक्षामा सरकारको ध्यान जाओस् भन्ने माग गरेका छन्।

  • Jigyasanepal

थप