Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

निर्वाचनको दिन पनि उडान जारी, मध्यपूर्व बाहेक अन्तर्राष्ट्रिय सेवा नियमित

  •   ७ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

काठमाडौँ, फागुन २० — प्रतिनिधिसभा सदस्य निर्वाचनकै दिन पनि हवाई सेवा पूर्ण रूपमा बन्द नहुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ले आवश्यकताअनुसार आन्तरिक उडान सञ्चालन हुने स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडानहरू परिस्थितिको आवश्यकता र यात्रु चापका आधारमा सञ्चालन गरिनेछन्। निर्वाचनका कारण हवाई सेवा पूर्ण रूपमा अवरुद्ध नहुने भन्दै यात्रुहरूलाई निर्धारित तालिका र सम्बन्धित वायुसेवा कम्पनीसँग समन्वय गरेर यात्रा गर्न आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्य बाहेक अन्य सबै गन्तव्यका उडान नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। मध्यपूर्वका मुलुकहरूतर्फका उडान सम्बन्धित देशको निर्णय, सुरक्षा अवस्था तथा गन्तव्य विमानस्थलको परिस्थितिका आधारमा वायुसेवा कम्पनीहरूले संशोधित तालिका सार्वजनिक गरी सञ्चालन गर्नेछन्।

हाल मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण ती क्षेत्रतर्फका उडानहरू तत्कालका लागि स्थगित रहेको प्राधिकरणले जनाएको छ।

निर्वाचनजस्तो संवेदनशील राष्ट्रिय प्रक्रियाका बीच पनि अत्यावश्यक हवाई सेवा निरन्तरता दिने निर्णयले आवागमन, आपतकालीन सेवा तथा अन्तर्राष्ट्रिय आवतजावतमा सहजता कायम राख्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप