Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

धुलिखेल अस्पतालको लापरबाहीले आमा र बच्चाको ज्यान गयो

उपचारको क्रममा आमा र नवजात शिशुको मृत्यु भएको अस्पतालको भनाई

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

 काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको, नमोबुद्ध नगरपालिका-९ निवासी कान्छामान लामा तामाङकी श्रीमती माईली माया तामाङ (उमेर ३०) को उपचारको क्रममा मृत्यु भएको छ। माईली माया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती थिइन्।

पहिले देखिनै नियमित चेक जाँच गराउँदै आएकी माईली माया तामाङ मिति २०८१/०४/०७ गते पुन: चेक जाँचको लागि मेथिनकोट अस्पताल, भकुण्डे पुगेकी थिइन्। सोही दिन उनको अवस्था बिग्रिएकोले धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका-६ मा बिस्तृत परीक्षणको लागि पठाइएको थियो।


धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकोले  ०९ गते २ बजे अप्रेशन गरी नवजात शिशु निकालिएको थियो। नवजात शिशुको अवस्था गम्भीर रहेकाले १:२० बजे मृत्यु भएको थियो। 


आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई २:१५ बजे ICU मा राखिएको थियो। उपचारको क्रममा माईली माया तामाङको ९ गते ३:१५ बजे मृत्यु भएको थियो।


यस घटनालाई लिएर विभिन्न पक्षबीच छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाइएको छ। पीडित पक्षले धुलिखेलको लापरवाहीको कारण आमा र बच्चाको ज्यान गएको आरोप लगाइरहेका छन् । यस घटनाले अस्पतालको चरम लापरवाही भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन् । यस अघि पनि विगत वर्षहरूमा पटक पटक सुत्केरी महिलाको र बिरामी कुरुवाको समेत निधन भएको थियो ।

  • Jigyasa media

थप