काठमाण्डौ । बंगालको खाडीमा पुनः चक्रवातीय प्रणाली सक्रिय बनेपछि भारतको मौसम विभागले अन्डमान–निकोबार क्षेत्रका लागि भारीदेखि धेरै भारी वर्षा तथा तीव्र हावाहुरी सम्बन्धी चेतावनी जारी गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नोभेम्बर २१ बाट चक्रवात अझ तीव्र रूप लिन सक्ने उल्लेख गर्दै सुरक्षाका सबै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ।
भारतमा कस्तो प्रभाव?
भारतीय मौसम विभाग (IMD) का अनुसार—
निकोबार द्वीपका केही क्षेत्रमा ७–२० से.मि. सम्म वर्षा हुने सम्भावना।
अन्डमान टापुमा पनि ७–११ से.मि. सम्म भारी वर्षाको पूर्वानुमान।
नोभेम्बर २४ र २५ मा ४०–५० किमी प्रतिघण्टा वेगको हावा चल्न सक्ने, कहिलेकाहीँ ५५ किमी/घण्टासम्म पुग्ने।
यी दिनहरूमा आँधी, बिजुली, समुद्री सतर्कता अत्यधिक रूपमा रहनेछ।
नेपालमा कति असर पर्छ?
यस चक्रवातको सम्भावित प्रभावबारे मौसम पूर्वानुमान महाशाखासँग बुझ्दा नेपालमा तत्काल ठूलो असर नपर्ने बताइएको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार—
चक्रवात अहिलेलाई स्थानीय स्तरमै सीमित छ।
अर्का ३ दिनसम्म नेपालमा प्रत्यक्ष प्रभाव पर्नेकुरा देखिँदैन।
तर आंशिक असर स्वरूप केही स्थानमा बादल वृद्धि हुने सम्भावना भने खुला रहेको छ।
उनका अनुसार, यो चक्रवात अरु चक्रवातहरूजस्तो उत्तरतिर तीव्र रूपमा उक्लिने देखिएको छैन, त्यसैले नेपालभरि कुनै ठूलो जोखिम छैन।
समग्रमा
भारतका तटीय क्षेत्रहरू अत्यधिक सतर्क अवस्थामा प्रवेश गरेका छन् भने नेपालका लागि अहिले जोखिम नगण्य छ। आगामी केही दिनसम्म महाशाखा चक्रवातलाई निरन्तर निगरानीमा राख्दैछ।
-
Jigyasanepal