Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

तनहुँमा तीन जनाको शव फेला, एकको सनाखत

बीभत्स अवस्थामा हत्या, नियोजित अपराधको आशंका

  •   ८ महिना अघि | २६ पुस २०८२, शनिबार

तनहुँ, पुस २६ । तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत विभिन्न स्थानमा शनिबार तीन जनाको शव फेला परेको छ। मृतकमध्ये एक जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान शुक्लागण्डकी–५ कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव भेटिएको हो। मृतकको सनाखत हुनेमा शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका छन्। उनी सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो।

प्रहरीका अनुसार आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारामा खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्र बाहिरै टहरा बनाएर बस्ने एक पुरुष मृत अवस्थामा फेला परेका थिए।

अनुसन्धानकै क्रममा सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला बेपत्ता रहेको खुलेको र खोजी गर्ने क्रममा दिउँसो १२ बजेतिर दुई पुरुषको शव भेटिएको स्थानबाट करिब ७ सय मिटर टाढा, जनकल्याण माध्यमिक विद्यालयको पछाडि कसेरीघाटको जङ्गलमा महिलाको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार शवहरूको अवस्था अत्यन्तै बीभत्स छ। मृतक नारायण विक र अर्का एक पुरुषको पेटमा धारिलो हतियार प्रहार गरिएको तथा महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटिएको उनले बताए।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली, साथै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली घटनास्थलमा खटिएको छ। सबै शव दमौलीस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। सम्भावित अपराधी फरार हुन नपाओस् भन्ने उद्देश्यले नाकाहरूमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटना नियोजित हत्या हुनसक्ने आशंका गरिएको छ। मृतक दुई जनाको पहिचान खुल्न बाँकी रहेको र उनीहरू कवाडी सङ्कलनको काम गर्ने बुझिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शङ्कास्पद व्यक्तिको खोजी, प्राविधिक विश्लेषण र फरेन्सिक परीक्षणलाई तीव्रता दिइएको छ र छिट्टै घटनाको सत्यतथ्य सार्वजनिक गरिनेछ।

(रासस)

  • Jigyasanepal

थप