Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पश्चिमी प्रणालीको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  •   ६ महिना अघि | २९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं — मुलुकको मौसममा अहिले पश्चिमी प्रणालीको प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका कारण देशका विभिन्न स्थानमा बादल लाग्ने र केही ठाउँमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र को आंशिक प्रभाव परेको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेग तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रका सर्वसाधारण, यातायातका साधन सञ्चालन गर्ने चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी र हिमाली भेगमा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप