Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

इनिशा विक बलात्कारपछि हत्या प्रकरण : अनुसन्धानमा खटियो सिआइबीको टोली, न्याय नपाएसम्म शव नबुझ्ने परिवारको अडान

  •   ६ महिना अघि | २९ फाल्गुन २०८२, शुक्रबार

सुर्खेत — सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विक को बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश फैलाइरहेका बेला अब घटनाको अनुसन्धानमा Central Investigation Bureau (सिआइबी) को टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाही का अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विशेषज्ञ टोली वीरेन्द्रनगर आइपुगेको छ। प्रारम्भिक अनुसन्धान जिल्ला प्रहरी कार्यालयले गरिसकेको भए पनि घटनासँग सम्बन्धित प्रमाणको वैज्ञानिक तथा प्राविधिक विश्लेषणका लागि सिआइबीको सहयोग लिनुपरेको उनले बताए।

उनका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ भने घटनासँग सम्बन्धित मोबाइल फोनहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ। ती परीक्षणको नतिजा आएपछि घटनाको वास्तविकता अझ स्पष्ट हुने प्रहरीले जनाएको छ।

यसैबीच कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ (झुट पत्ता लगाउने परीक्षण) गर्ने टोलीसमेत सुर्खेत पुगेको छ। घटनास्थलबाट संकलित सबै प्रमाणहरू प्रयोगशालामा पठाइएको र अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

शव नबुझ्ने परिवारको अडान

इनिशाको शव एक सातादेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। पीडित परिवारले दोषीलाई कारबाही हुने स्पष्ट आधार नदेखिएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।

सुर्खेतको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाका बुबा इन्द्रबहादुर विक रोजगारीका लागि दुबईमा थिए। छोरीको मृत्युको खबर पाएपछि उनी दुबईबाट भारत हुँदै बिहीबार सुर्खेत आइपुगेका छन्।

छोरीको मृत्युको खबर पाएपछि उनकी आमा भने घटनाको दिनदेखि नै विक्षिप्त अवस्थामा रहेको आफन्तले बताएका छन्।

बुबा इन्द्रबहादुरले “छोरीलाई योजनाबद्ध रूपमा पार्कबाट जंगलतिर लगेर हत्या गरिएको” आरोप लगाउँदै छोरीले न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन्।

“छोरीले डाक्टर वा सेनाको अधिकृत बन्ने सपना सुनाउँथिन्, तर हत्याराले त्यो सपना पूरा हुन दिएन,” भन्दै उनी भक्कानिए।

पोस्टमार्टम रिपोर्टले बलात्कार पुष्टि

प्रहरीका अनुसार सामुदायिक जंगलमा मृत फेला परेकी इनिशा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणीका कारण संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य का अनुसार पोस्टमार्टम रिपोर्टमा बलात्कारको स्पष्ट संकेत देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापा ले पनि पोस्टमार्टम रिपोर्टमा गोप्य अंगमा गम्भीर घाउ र अत्यधिक रक्तस्राव देखिएकाले बलात्कारपछि मृत्यु भएको निष्कर्षमा प्रहरी पुगेको बताए।

४ जना पक्राउ, प्रेमी भनिएका युवकको फरक बयान

घटनामा संलग्न भएको आशंकामा प्रहरीले फागुन २३ र २४ गते ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकामध्ये १६ वर्षीय एक किशोर पनि रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका युवकमध्ये एक जनाले आफू मृतक इनिशासँग दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको दाबी गरेका छन्। उनले घटनाको दिन सहमतिमै यौनसम्पर्क भएको र त्यसपछि अचानक इनिशा बेहोस भएको बयान दिएका छन्।

उनको भनाइअनुसार यौनसम्पर्कपछि रगत बग्न थालेपछि इनिशा ढलेकी र त्यसपछि आफूले सहयोगका लागि साथीहरू बोलाएको बताएका छन्।

हाल पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

देशभर न्यायको माग

इनिशा विकमाथि भएको घटनाले देशभर आक्रोश फैलिएको छ। विभिन्न मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा नागरिक समाजले दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गर्दै दबाब सिर्जना गरिरहेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बुधबार पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले प्रदर्शन समेत गरेका छन्। सामाजिक सञ्जालमा राजनीतिक दलका नेतादेखि मानवअधिकारकर्मी र सेलिब्रिटीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कठोर कारबाहीको माग गरिरहेका छन्।

यसबीच घटनाको सत्य तथ्य बाहिर ल्याउन सिआइबीको टोली सक्रिय भएसँगै अब अनुसन्धानले निर्णायक मोड लिने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप