Breaking News
शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||    

कंगोमा फैलियो इबोला आतंक : मृतक संख्या १०० पुग्यो, विश्व स्वास्थ्य संगठनद्वारा अन्तर्राष्ट्रिय आपतकाल घोषणा

  •   ५ महिना अघि | ४ जेष्ठ २०८३, सोमवार

काठमाडौं । अफ्रिकी मुलुक कंगोमा फैलिएको इबोला भाइरस संक्रमणले भयावह रूप लिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको छ। हालसम्म संक्रमणका कारण कम्तीमा १०० जनाको मृत्यु पुष्टि भएको छ भने ३९० भन्दा बढी व्यक्ति शंकास्पद रूपमा संक्रमित रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोमा फैलिएको इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका कारण संक्रमण तीव्र रूपमा फैलिरहेको छ। यो स्ट्रेनका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध नभएकाले स्वास्थ्य क्षेत्रमा थप चिन्ता बढेको छ।

स्रोतहरूलाई उद्धृत गर्दै सीबीएस न्युजले कंगोमा कम्तीमा छ जना अमेरिकी नागरिकमा समेत इबोला संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमण फैलिन थालेपछि विभिन्न देशहरूले सतर्कता बढाएका छन् भने स्वास्थ्यकर्मीहरूलाई उच्च जोखिम क्षेत्रमा परिचालन गरिएको छ।

छिमेकी मुलुक युगान्डामा पनि इबोला संक्रमण देखिएको छ। त्यहाँ दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन्। यसले संक्रमण सीमापार फैलिने खतरा बढाएको विज्ञहरूले बताएका छन्।

इबोला अत्यन्त घातक भाइरस मानिन्छ, जसले संक्रमित व्यक्तिमा उच्च ज्वरो, शरीर दुख्ने, बान्ता, रक्तस्राव तथा अंगहरूमा गम्भीर असर पुर्‍याउने गर्छ। समयमै उपचार नपाउँदा मृत्युको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्।

डब्ल्यूएचओले प्रभावित क्षेत्रमा निगरानी, परीक्षण, आइसोलेसन र जनचेतना अभियान तीव्र पार्न आग्रह गरेको छ। साथै संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ।

  • Jigyasanepal

थप