बागलुङ – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीमा २२ वर्षीय जीवन परियार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। यो घटनाले सिंगो गाउँ शोकमा डुबेको छ।
बिहीबार साँझ सँगै खाना खाएर सुतेका उनीहरू शुक्रवार बिहान मृत भेटिएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक केशव थापाका अनुसार शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। हालसम्म मृत्युको कारण थाहा हुन सकेको छैन, तर अनुसन्धान जारी रहेको थापाले बताए।
जीवन र सन्ध्या परियारले दुई वर्षअघि विवाह गरेका थिए, र उनीहरूको एक छोरी छिन्। जीवन पोखरामा काम गर्थे र केही दिनअघि मात्र घर आएका थिए। साँझ सँगै खाना खाए पनि केही खाना बाँकी रहेको देखिएकोले घटना रहस्यमयी बनेको छ।
प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।
- Jigyasa media