Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

नमोबुद्धका पूर्व मेयर टिपी शर्मा तिमल्सिनाको सवारी दुर्घटनाको ५७ दिनपछि निधन

  •   १२ महिना अघि | ७ असोज २०८२, मङ्लबार

काभ्रे, असोज ७।

नमोबुद्ध नगरपालिका–२, बिस किलोस्थित बीपी राजमार्गमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टिपी शर्मा तिमल्सिनाको निधन भएको छ। धुलिखेल अस्पतालमा करिब दुई महिना (५७ दिन ) उपचारपछि मंगलबार बिहान उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको हो।

२०७४ सालमा नेकपा एमालेबाट निर्वाचित भएर मेयर बनेका शर्मा करिब ५७ दिनदेखि कोमामा उपचाररत थिए।

दुर्घटनाको विवरण

मिति २०८२ साउन १० गते बिहान ७:४४ बजे नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

सो दुर्घटनामा बा.प्र. ०३–०२–००७ प ८८०० नम्बर स्कुटर चालक छोरा किशोर तिमल्सिना सामान्य घाइते भएका थिए भने पछाडि सवार उनका पिता, ७२ वर्षीय टंकप्रसाद शर्मा (पूर्व मेयर टिपी शर्मा तिमल्सिना) गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै धुलिखेल अस्पतालमा पठाइएको थियो।

त्यस्तै, ठक्कर दिने बा ६२ प ३५७८ नम्बरको स्कुटर चालक, दोलखा मेलुङ–३ घर भई हाल रोशी गाउँपालिका–८ बस्ने २६ वर्षीय निमा तेम्वा थोकर पनि सामान्य घाइते भएका थिए र उनलाई मेथिनकोट अस्पतालमा उपचार गरिएको थियो।

प्रहरीले दुर्घटनामा संलग्न चालक र दुवै स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।

पूर्व मेयरको निधनसँगै नमोबुद्ध क्षेत्र शोकमग्न बनेको छ। स्थानीयवासीले शान्त स्वभावका, समाज सेवामा अग्रसर नेताको असामयिक निधनले ठूलो क्षति भएको बताएका छन्।

  • Jigyasanepal

थप