Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।

घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ ।

गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ । कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३।८ मिलिमिटर वर्षा मापन भएको छ ।

  • Jigyasa media

थप