Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

अफगानिस्तानमा शक्तिशाली भूकम्प : मृतकको संख्या २० पुग्यो, तीन सयभन्दा बढी घाइते

  •   ११ महिना अघि | १७ कार्तिक २०८२, सोमवार

काठमाडौँ । उत्तरी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ। प्रारम्भिक विवरणअनुसार, कम्तीमा २० जनाको मृत्यु भइसकेको छ भने ३२० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।

अफगानिस्तानको बाल्ख प्रान्तस्थित सोलगरा जिल्लामा सोमबार बिहान १ बजे (स्थानीय समय) भूकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड र गहिराइ करिब २८ किलोमिटर मापन गरिएको हो।

भूकम्पले बाल्ख प्रान्तका धेरै बस्तीहरूमा घरहरू भत्किएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरका अनुसार, मृत्यु हुनेहरूको संख्या हालसम्म २० पुगेको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। उनले भने, “घाइतेहरूलाई नजिकका अस्पतालहरूमा सारिएको छ, तर धेरै गम्भीर अवस्थामा रहेका छन्।”

तालिबान प्रवक्ता हाजी जैदले भनेका छन् कि धेरैजसो घाइतेहरू भवन भत्किँदा र भग्नावशेषमा पुरिँदा भएका हुन्। स्थानीय प्रशासन र राहतकर्मीहरूले उद्धार कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्।

अफगानिस्तानको यो उत्तरी भूभागमा करिब ५ लाख मानिस बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा यो क्षेत्र बारम्बार भूकम्पीय गतिविधिले प्रभावित हुँदै आएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, सडक अवरोध र संचार अवरोधका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। प्रभावित क्षेत्रमा अस्थायी टेन्ट र स्वास्थ्य शिविरहरू स्थापना गर्न तालिबान सरकारले निर्देशन दिएको छ।

सन् २०२३ मा पनि अफगानिस्तानमा यसैगरी ६.३ म्याग्निच्युडको भूकम्पले हेरात प्रान्तमा १ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। लगातारका भूकम्पीय गतिविधिले अफगानिस्तानका कमजोर संरचनाहरूलाई अझ जोखिममा पारेको बताइन्छ।

हाल राहत टोलीहरू, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू घटनास्थलमा सक्रिय छन् भने अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपिल गरिएको छ।

  • Jigyasanepal

थप