Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

तनहुँमा मादक पदार्थ सेवनपछि ७० वर्षीय वृद्धको चिर्पट प्रहारबाट छिमेकीको मृत्यु

  •   ११ महिना अघि | १९ कार्तिक २०८२, बुधबार

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा मादक पदार्थ सेवनपछि भएको कुटपिट घटनामा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवन गरेको अवस्थामा छिमेकी ५८ वर्षीय खुसीमान गुरुङमाथि चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

घाइते खुसीमानलाई उपचारका लागि अस्पताल लगिएको थियो तर गएराति उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार बिक ले जानकारी दिए।

घटनापछि स्थानीयबासीले प्रहरीलाई खबर गरेपछि कुटपिटमा संलग्न खिमबहादुरलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयहरूका अनुसार मादक पदार्थ सेवनपछि वृद्ध खिमबहादुरले झगडा सुरु गरेका थिए। त्यही क्रममा उनले चिर्पट (काठको दाउरा) प्रहार गर्दा खुसीमान लडेका र टाउकोमा गम्भीर चोट लागेका थिए।

यो घटनाले गाउँमा शोकको वातावरण सिर्जना गरेको छ। प्रहरीका अनुसार वृद्धमाथि ज्यान मार्ने अभिप्रायले हानत लानु भएको आशंकामा ‘हत्यासम्बन्धी कसूर’ अन्तर्गत मुद्दा दर्ता गरिने तयारी भइरहेको छ।

  • Jigyasanepal

थप