Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखन गर्ने जेल चलान

  •   २ वर्ष अघि | २९ असार २०८१, शनिबार

धादिङ । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।


दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।

सो फैसला अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ की ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बू जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।


अदालतले त्रिपुरासुन्दरी –१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी –३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५–१५ वर्ष कैद र एक–एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीया नेपाली किशोरीको विसं २०७९ पुस २० गते भारतको दिल्लीस्थित मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो ।


मामाको घरमा बसेर अध्ययन गर्दै आएकी किशोरी विसं २०७९ मङ्सिर १५ गतेदेखि घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो । बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ ।

मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरुले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा ती बालिकालाई भेटाएको जनाइएको छ ।

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको उद्धार गरी स्वदेश ल्याइएको थियो । किशोरीलाई दिल्ली पुर्याएपछि घटनामा संलग्न पाँच जना एक महिनाअघि नै नेपाल फर्केका थिए भने एक जना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक–फरक तीन जना तान्त्रिक बाबासमक्ष भेटाउँदै आएको बताइएको छ ।– रासस

  • RSS

थप