Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

माघ लागेपछि लगातार दोस्रो दिन बढ्यो काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम

  •   ८ महिना अघि | २ माघ २०८२, शुक्रबार

काठमाडौँ । माघ महिनाको सुरुवातसँगै काठमाडौँ उपत्यकामा चिसोको तीव्रता केही कम हुँदै गएको संकेत देखिएको छ। माघ लागेपछि लगातार दोस्रो दिन काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम वृद्धि भएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज (माघ २ गते, शुक्रबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम हिजो माघ १ गते सोही समयमा मापन गरिएको ४.३ डिग्री सेल्सियसभन्दा ०.१ डिग्री बढी हो।

यद्यपि, हिजो बिहीबार बिहान ८:४५ बजे पुनः गरिएको आधिकारिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मा झरेको थियो। मौसमविद्हरूका अनुसार आजको पनि आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुनः मापन गरिने भएकाले सुरुवाती मापनभन्दा तापक्रम केही घट्ने सम्भावना रहेको छ।

यसअघि पुस ३० गते (बुधबार) काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मात्र थियो भने बिहान ८:४५ बजे झरेर २.३ डिग्री सेल्सियस कायम भएको थियो। माघ सुरु भएसँगै लगातार दुई दिन तापक्रम बढ्नुले उपत्यकामा चिसो क्रमशः कम हुँदै जाने संकेत देखिएको मौसमविद्हरूको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। कुनै स्थानमा सबैभन्दा तल झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि पुगेको तापक्रमलाई अधिकतम तापक्रम मानिन्छ।

मौसमविद्हरू भन्छन्, रातभर आकाशमा बादल लागेको अवस्थामा बिहानको न्यूनतम तापक्रम बढ्ने र आकाश खुला रहेमा तापक्रम घट्ने गर्छ। यही कारण पछिल्ला दिनमा आंशिक बदली मौसमका कारण सुरुवाती तापक्रम केही बढेको अनुमान गरिएको छ।

  • Jigyasanepal

थप