कात्तिक १९, काठमाडौं। भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा पर्ने मार्चुलामा एउटा बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। बसमा करिब ४० जना यात्रु सवार थिए, जो नैनीडाँडाबाट रामनगरतर्फ गइरहेका थिए।
दुर्घटना भएलगत्तै स्थानीय प्रशासनले उद्धार कार्यको लागि टोली खटाएको छ भने मुख्यमन्त्री पुष्कर सिंह धामीले मृतकका परिवारलाई राहतको घोषणा गरेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई नजिकका स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था गरिएको छ।
मुख्यमन्त्री धामीले गम्भीर घाइतेहरूको हवाई उद्धारका लागि पनि निर्देशन दिएकाछन्।
- Jigyasa media