Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

बाढी पहिरोका कारण सडक अवरुद्ध, हवाइ यात्रुको चाप बढ्दा रात्रीकालीन उडानमा वृद्धि

  •   २ वर्ष अघि | १७ असोज २०८१, बिहिबार

काठमाडौं - देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको छ। यसलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १७ गतेदेखि ३० गतेसम्म प्रमुख विमानस्थलहरूमा रात्रीकालीन उडानको समय विस्तार गर्ने जानकारी दिएको छ।

प्राधिकरणले जानकारी दिँदै भनेको छ, "देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि पूर्णिमासम्म (असोज १७ देखि ३० सम्म) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल लगायतका रात्रीकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू विहान ४ः३० बजेदेखि राति १२ बजेसम्म सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ। आवश्यकता अनुसार थप उडानको समय पनि व्यवस्था गरिनेछ।"

यो व्यवस्थाले विशेष गरी दसैंको समयमा यात्रुको चाप व्यवस्थापन गर्न मद्दत पुग्ने प्राधिकरणले बताएको छ।


  • Jigyasa media

थप