असोज ६, सिमरा - बाराको कोल्हबी नगरपालिका–२ स्थित भलुआईखोर क्षेत्रमा आइतबार बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले बस्ती नजिकैको जंगलमा हात्ती मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले हात्ती फेला परेको स्थानलाई सुरक्षा प्रदान गरिरहेको छ। घटनाको अनुसन्धानका लागि पर्सा राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरूको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। हात्तीको मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन।
- Jigyasa media