काठमाडौं, १५ असोज – बाढीपहिरो पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ता छिटै उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार लाभग्राहीले तीन दिनभित्र पहिलो किस्ताको रकम प्राप्त गर्नेछन्।
गृहमन्त्री रमेश लेखकले जानकारी दिएअनुसार, स्थानीय तहले पहिचान गरेको लाभग्राहीलाई जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा अस्थायी आवास निर्माणका लागि २५ हजार रुपैयाँको पहिलो किस्ता उपलब्ध हुनेछ।
सरकारले तत्काल राहतस्वरूप यो अनुदान प्रदान गरे पनि स्थायी आवासका लागि थप सहयोग उपलब्ध गराइने र यस सम्बन्धमा पछि निर्णय गरिने जनाइएको छ।
गत असोज १२ गतेको बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती, कोशी, र मधेश क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो, जसले गर्दा तत्काल आवासको व्यवस्था गर्न सरकारलाई यो निर्णय गर्न बाध्य बनाएको हो।
- Jigyasa media