Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

नेपाल बुद्धिजीवी परिषद् काभ्रे जिल्ला समितिमा यस अनलाइनका प्रमुख सल्हाकार थापा निर्विरोध निर्वाचित

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

काभ्रे ।

२०४७ सालमा स्थापना भई विभिन्न चुनौतीहरू सामना गर्दै क्रियाशील नेपाल बुद्धिजीवी परिषद् काभ्रेपलाञ्चोक जिल्ला समितिको दशौं जिल्ला सम्मेलन प्रगतिशील, देशभक्त, र लोकतान्त्रिक बुद्धिजीवीहरूको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनलाई सफल बनाउन योगदान पुर्‍याउने प्रमुख अतिथि माननीय गोकुल बाँस्कोटा, केन्द्रीय समिति, वागमती प्रदेशका पदाधिकारी, पूर्वअध्यक्षहरू, सञ्चारकर्मी, आमन्त्रित व्यक्तित्व, र सहभागी सबैप्रति परिषद्ले एक विज्ञप्ति जारी गर्दै हार्दिक आभार व्यक्त गरेको छ।

सर्वसम्मत नेतृत्व चयन

दशौं जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा यस जिज्ञासा नेपाल डटकमका प्रमुख सल्हाकार केशव थापा र सचिवमा भीमसेन केसी निर्विरोध निर्वाचित भएका छन्। परिषद्ले जनाइए अनुसार, नयाँ नेतृत्वले आफ्नो बुद्धि, क्षमता, र इमानदारिताका साथ संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। विधानअनुसार संगठनको विस्तार र न्याय, समानता, तथा समृद्धिको पक्षमा कार्य गर्न नेतृत्वले मिहिनेत गर्ने वाचा गरेको छ।

परिषद्को मुख्य ध्येय र योजनाहरू

नेपाल बुद्धिजीवी परिषद्ले काभ्रेपलाञ्चोकको सम्भावना, आवश्यकता, र विशिष्टतालाई पहिचान गरी स्थानीय, प्रदेश, तथा संघीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्य लिएको छ। परिषद् वैज्ञानिक मूल्य र सिद्धान्तहरूको आधारमा जिल्लाको समृद्धिका लागि सुझाव प्रस्तुत गर्न र न्यायपूर्ण समाज निर्माणमा योगदान गर्न क्रियाशील रहनेछ।

राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षा

परिषद्ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रतिगमन र निरंकुशताको विरुद्ध दृढतापूर्वक उभिने प्रतिवद्धता जनाएको छ। यसले विधिको शासन पालना गर्दै प्रगतिशील आर्थिक क्रान्ति तथा समाजवादोन्मुख अर्थतन्त्रको पक्षमा काम गर्ने अठोट गरेको छ।

समाजका लागि एकताको आह्वान

परिषद्ले समतामूलक समाज निर्माणमा एकतामा बल रहेको भन्दै प्रगतिशील, देशभक्त, र लोकतान्त्रिक बुद्धिजीवीहरूलाई संगठनमा आवद्ध हुन आह्वान गरेको छ। यस अभियानमा सामेल भई देश, जिल्ला, र समाजको समृद्धिमा योगदान पु-याउन परिषद्ले अनुरोध गरेको छ।



  • Jigyasanepal

थप