बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, तीन दमकल सहित सुरक्षाकर्मी परिचालित

  •   १ वर्ष अघि | ३० चैत्र २०८१, शनिबार

काठमाडौं, चैत ३०  । राजधानीको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार साँझ भीषण आगलागी भएको छ। घटनास्थलमा दमकल र सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, जुद्ध बारुणयन्त्रका तीनवटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। उनीहरू आगो नियन्त्रणमा लिने प्रयासमा जुटेका छन्।

आगलागीको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

  • Jigyasa media

थप