Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बेथानचोकमा गिट्टी बोकेको टिपर दुर्घटना, चालक घाइते

  •   १ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१, ढटडाँडामा गिट्टी बोकेको टिपर दुर्घटनाग्रस्त भएको छ। ब्रेक फेल भएर अनियन्त्रित बनेको टिपर करिब ७०० मिटर तल खस्दा चालक घाइते भएका छन्।

घटनापछि वडा नम्बर १ का अध्यक्ष मधुसूदन तिमल्सिनाले तुरुन्तै एम्बुलेन्सको व्यवस्था गरी घाइतेलाई अस्पताल पठाएका छन्। दुर्घटनाका कारण चरिरहेको एउटा बाख्रो मृत भएको छ भने दुई बाख्रा घाइते भएका छन्।

स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ। 


  • Jigyasa media

थप