Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बागलुङमा जीप दुर्घटना: दुईको मृत्यु, पाँच घाइते

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

बागलुङ — बडिगाड गाउँपालिका-९ मा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सोमबार साँझ बडिगाड गाउँपालिका-७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जीप सार्किपाटामा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी निसीखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए। दुबैको बुर्तिबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते बडिगाड गाउँपालिका–९ की ६३ वर्षीया तेजकुमारी बुढालाई बुर्तिबाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रेफर गरिएको छ। अन्य घाइतेहरूमा बडिगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र जीप चालक हिमाल घर्ती रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना उकालोमा ब्रेक फेल भएर जीप ५० देखि ६० मिटर तल खस्दा भएको हो। चालक घर्तीलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप