Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अमेरिका पठाइदिने बहानामा ठगी गर्ने लक्ष्मी माझी पक्राउ

  •   २ वर्ष अघि | २५ साउन २०८१, शुक्रबार

काठमाडौं । अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने अर्घाखाँचीकी लक्ष्मी माझी पक्राउ परेकी छन्। पाणिनि गाउँपालिका-७, दुविचौरकी २१ वर्षीया माझीले अमेरिकामा मासिक २ लाख रुपैयाँ तलब हुने र सजिलो काम पाइने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरी फरार भएकी थिइन्। 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।

  • Jigyasa media

थप