काठमाडौं । देशभर हाल पश्चिमी र पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य भागमा मौसम सफा छ। तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको उल्लेख गरिएको छ।
आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। यी क्षेत्रमा केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, राति पनि कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहनेछ।
विभागले आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औंल्याएको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, तथा यातायातमा आंशिक असर पुर्याउन सक्ने भन्दै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
- Jigyasa media