क्यालिफोर्निया, अमेरिका: क्यालिफोर्नियामा डढेलो फेरि उग्र रूप लिन सक्ने चेतावनी दिइएको छ। सेन्टा एना वायु प्रतिघण्टा ९६ किलोमिटरको गतिमा सक्रिय हुँदै, डढेलो थप फैलिन सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
हालसम्म डढेलोका कारण २४ जनाले ज्यान गुमाएका छन् भने आर्थिक क्षति २५० अर्बदेखि २७५ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ। आगलागी नियन्त्रणका लागि १४ हजार अग्नि नियन्त्रक, ८४ विमान, र १,३५४ दमकल परिचालित गरिएको छ।
घर छोड्ने संख्या घट्यो, तर जोखिम कायमै
अनिवार्य रूपमा घर छोड्ने मानिसहरूको सङ्ख्या घटेर १ लाख ५ हजार पुगेको छ। यद्यपि, अझै पनि ८७ हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। अधिकारीहरूले विनाशकारी हावाका कारण आगलागी झन् तीव्र हुन सक्ने बताएका छन्।
हुरी र डढेलोको दोहोरो प्रभाव
डढेलोको साथसाथै, हुरीले समेत विनाशको खतरा बढाएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरिएको छ।
- Jigyasa media