बारा ।बाराको कलैया उपमहानगरपालिका–१४, बघवनमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटको फतुवा विजयपुर नगरपालिका–५, बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव सवार मोटरसाइकललाई शुक्रबार (फागुन २३) बिहान हुलाकी राजमार्गअन्तर्गत बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई तत्कालै प्रादेशिक अस्पताल, कलैया लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।
प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
- Jigyasa media