Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सेफ्टी ट्यांकीभित्र काम गर्दा तीन जनाको मृत्यु

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ। 

घटनामा स्थानीय भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गरिरहेका तीन जनालाई बेहोस अवस्थामा उद्धार गरिएपछि उपचारको क्रममा ज्यान गएको हो। मृतकमध्ये ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी, र २८ वर्षीय मोहम्मद राजाको नाम रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, बेहोस भएका तीनै जनालाई भैरहवा मेडिकल कलेज, रुपन्देही पठाइएपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। मृतकहरूको शवमध्ये दुई जना भीम अस्पताल भैरहवा, रुपन्देहीमा र एक जनाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, नवलपरासी (पश्चिम)मा राखिएको छ। 

यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप