Breaking News
कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||    

सेफ्टी ट्यांकीभित्र काम गर्दा तीन जनाको मृत्यु

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ। 

घटनामा स्थानीय भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गरिरहेका तीन जनालाई बेहोस अवस्थामा उद्धार गरिएपछि उपचारको क्रममा ज्यान गएको हो। मृतकमध्ये ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी, र २८ वर्षीय मोहम्मद राजाको नाम रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, बेहोस भएका तीनै जनालाई भैरहवा मेडिकल कलेज, रुपन्देही पठाइएपछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। मृतकहरूको शवमध्ये दुई जना भीम अस्पताल भैरहवा, रुपन्देहीमा र एक जनाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, नवलपरासी (पश्चिम)मा राखिएको छ। 

यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप