Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

लेखक सरला गौतमको उपन्यास ‘अम्रिकाने काशी’ लोकार्पण तथा परिसंवाद भएको छ । शनिवार आयोजित एक समारोहमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, समलिंगी अभियान्ता सुलिबाबु पन्त र लेखक भूषिता वशिष्ठले पुस्तक लोकार्पण गरेका थिए ।

एक चेतनशील कुकुरको कथा लिएर आएका आख्यानकार सरला गौतमले मानवहरु नै जनावर र प्रकृतिलाई धावा बोलिरहेको बेला आफूले जनावरको माध्यमबाट चेतनाको स्तर पाठकहरुमाझ पस्कन कोसिस गरेको कुरा बताएकी थिइन् । भूषिताको चेनतशील कुकुरको कथा लेख्न केले प्रेरित गर्यो भन्ने प्रश्नमा सरलाको जवाफ थियो, ‘जनवार र प्रकृतिको नैसर्गिक लोकतन्त्रमा मानसिहरुले धावा बोलिरहेका छन् । यस्तो अवस्थामा कुकुरको चेतनासँग मानवीय कथालाई भन्न सकिने भएकाले यो उपन्यास लेखें । पढ्दा काल्पनिक लागेपनि हामीले देखेर पनि बेवास्ता गरिरहेको हाम्रै समाजको कथा हो यो ।’

मुस्ताङकको लेतेमा जन्मिएको कुकुर काशीले आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुगेर आएको र अधिकार स्थापनाका लागि मानव समाजसँग गरेको संघर्षको कथा उपन्यासमा चित्रण छ । बुकहिल पब्लिकेशनले प्रकाशन गरेको १६४ पृष्ठको सचित्र पुस्तकको मूल्य ५ सय रुपैयाँ छ ।

  • Mr. Admin

थप