Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

नियात्रासङग्रह ‘यात्राको लय’ लोकार्पण

  •   २ वर्ष अघि | २० असार २०८१, बिहिबार

काठमाडौ । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासङग्रह ‘यात्राको लय’ एक समारोहबीच लोकार्पण गरिएको छ ।

नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा,नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,प्राडा.लक्ष्मण गौतम,कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी,चर्चित पत्रकार तथा निबन्धकार दीपक सापकोटा,नियात्राकार जय छाङ्छा,समालोचक ज्ञानु अधिकारी,अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति लोकार्पण गरेका थिए ।

प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका ब्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति छ । पाठकलाई आफुसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता छ भन्दै कृतिको बारेमा संक्षेपमा चर्चा गर्नुभएको थियो । द्धन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका बताइन  । अर्का बरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गर्दै नियात्रामा प्रदीप सापकोटाको भविष्य रहेको बताउँनु भयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गर्छन् नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने ,नियात्राकारले सरोकारवालाह्ररुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनु पर्नेमा त्यस्तो भैनरहेको विचार व्यक्त गरे ।

यसैगरी नियात्राकारलाई शुभकामना दिँदै प्राडा. लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरीसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए । कार्यक्रममा कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी ,भूँडीपूराण प्रकाशनका केशव पराजुली,लगायतले कृतिको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

नियात्राकारले कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरु राखेका थिए ।

यात्राको लयमा विगतको सशस्त्र द्धन्दकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ । कथा पढेको भान पर्छ । कतिपय यात्राहरु श्रृँखलामा बगेका छन् । द्धन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका देखिन्छ । साथै यात्राको विभिन्न परिवेश,प्राकृतिक दृश्य,यात्राका कठिनतम् एवं सुखद पलहरुको मिठासपूर्ण वर्णन रहेको बताइएको उक्त कृति नियात्राकारको दोश्रो नियात्रा कृति हो ।

कृति लोकार्पण कार्यक्रम विभिन्न साहित्यिक महानुभावहरुको उपस्थितीमा नेपाल श्रष्टा समाजका अध्यक्ष एवं बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनको अध्यक्षता एवं सदस्य मधु पाठकको सञ्चालनमा लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्षको आसनबाट मन्तब्य व्यक्त गर्दै श्री ओम श्रेष्ठ रोदनले नियात्रामा गांम्भिर्यता हुनु अनिवार्य छ । सतही विवरण कदापी नियात्रा नहुने उल्लेख गर्दै नियात्राकारलाई थप लेखनीको निम्ति शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा श्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । साथै नेपाल श्रष्टा समाजलाई भानु प्रतिष्ठानका उपाध्यक्ष ऋषवदेव घिमिरे तथा पूर्व कोषाध्यक्ष हरिबोल ढकालले हस्तलिखित भानुभक्तिय रामायण हस्तान्तरण पनि गरेका थिए ।

नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तकासङग्रह) प्रकाशित भैसकेका छन् ।

  • Jigyasanepal

थप