काठमाण्डौ ।
- समीक्षक निर्मला प्रसाईं सापकोटाको पुस्तकमाथि दृष्टिकोण
सिल्भिया प्लाथद्वारा लेखिएको चर्चित उपन्यास द बेल जार अमेरिकाको पुरुषप्रधान समाजको यथार्थ चित्रण हो। यो उपन्यास पहिलोपटक सिल्भिया प्लाथको वास्तविक नाममा नभई भिक्टोरिया लुकासको छद्म नाममा प्रकाशित भएको थियो। समकालीन अमेरिकी समाजमा महिलाको संघर्षलाई यसले गहिराइमा उधिनेको छ। केही समीक्षकहरूले यसलाई प्लाथको आत्मजीवनीपरक कृति पनि भनेका छन्, जसमा उनले मानसिक स्वास्थ्य र समाजको दबाबबीचको द्वन्द्वलाई उजागर गरेकी छिन्।
समीक्षक निर्मला प्रसाईं सापकोटाले उपन्यासलाई बौद्धिक, संवेदनशील, र सामाजिक दृष्टिकोणबाट समीक्षा गर्दै, प्लाथको लेखन शैलीको गहिराइ र साहसको प्रशंसा गरेकी छिन्। उनले उपन्यासलाई केवल व्यक्तिगत कथाका रूपमा मात्र नभई सम्पूर्ण समाजको ऐना भन्दै, त्यसमा समावेश नारीवादी दृष्टिकोणलाई प्रमुख विशेषता बनाएकी छिन्।
थप भिडियो हेर्न यहाँ क्लिक गरेर हेर्नुहोस
https://youtube.com/watch?v=w0a-XforPmU&si=x5KuvKUKjcbKgR_N
- Jigyasa media