Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

पुस्तक चर्चा (भाग-३): 'द बेल जार'

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

काठमाण्डौ । 

- समीक्षक निर्मला प्रसाईं सापकोटाको पुस्तकमाथि दृष्टिकोण

सिल्भिया प्लाथद्वारा लेखिएको चर्चित उपन्यास द बेल जार अमेरिकाको पुरुषप्रधान समाजको यथार्थ चित्रण हो। यो उपन्यास पहिलोपटक सिल्भिया प्लाथको वास्तविक नाममा नभई भिक्टोरिया लुकासको छद्म नाममा प्रकाशित भएको थियो। समकालीन अमेरिकी समाजमा महिलाको संघर्षलाई यसले गहिराइमा उधिनेको छ। केही समीक्षकहरूले यसलाई प्लाथको आत्मजीवनीपरक कृति पनि भनेका छन्, जसमा उनले मानसिक स्वास्थ्य र समाजको दबाबबीचको द्वन्द्वलाई उजागर गरेकी छिन्।

समीक्षक निर्मला प्रसाईं सापकोटाले उपन्यासलाई बौद्धिक, संवेदनशील, र सामाजिक दृष्टिकोणबाट समीक्षा गर्दै, प्लाथको लेखन शैलीको गहिराइ र साहसको प्रशंसा गरेकी छिन्। उनले उपन्यासलाई केवल व्यक्तिगत कथाका रूपमा मात्र नभई सम्पूर्ण समाजको ऐना भन्दै, त्यसमा समावेश नारीवादी दृष्टिकोणलाई प्रमुख विशेषता बनाएकी छिन्।

 थप भिडियो हेर्न यहाँ क्लिक गरेर हेर्नुहोस 


https://youtube.com/watch?v=w0a-XforPmU&si=x5KuvKUKjcbKgR_N



  • Jigyasa media

थप