Breaking News
ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||    

चोटबाट निस्किएका छन्द: ‘चोटहरुको उत्सव’ कविता संग्रह भव्य रूपमा लोकार्पित

  •   १ वर्ष अघि | २० बैशाख २०८२, शनिबार

काठमाडौं, वैशाख २० । कविता शब्दको सौन्दर्य मात्रै होइन, पीडाको प्रकट सन्देश पनि हो। यही अनुभूति बोकेको कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको बहुप्रतीक्षित काव्यसंग्रह ‘चोटहरुको उत्सव’ शुक्रबार राजधानीमा एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार तथा राजनीतिज्ञ शान्ता मानवी, चर्चित गायिका आनी छोइङ डोल्मालगायत विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको विमोचन गरे।

कार्यक्रममा आफ्ना विचार राख्दै कवि तुलसी दिवसले चोटलाई मानवीय अस्तित्वको मूल स्रोतका रूपमा चित्रण गरे। उनले भने,

“चोटले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ। आँसु कहिलेकाहीँ हाँसोलाई पनि जित्दो रहेछ। बेलवासेका कविता त्यही आँसुको मौन चित्कार हुन्।”

गायिका आनी छोइङले बेलवासेका कवितालाई आत्मा छोएको काव्यिक प्रयोग भनेका छन्। उनका शब्दमा: “मह चाखेपछि जस्तो स्वाद आउँछ तर बयान गर्न सकिँदैन, त्यस्तै लाग्यो बेलवासेका कविता। उनका भोगाइहरूले कविता बन्नु स्वाभाविक हो। यी कवितामा एक किसिमको शान्त पीडा छ, जसले पाठकलाई गहिरो छुन सक्छ।”


राजनीतिक विश्लेषक शंकर तिवारीले बेलवासेका कवितालाई प्रेम, दर्शन र विचारको त्रिवेणी भने। उनले उल्लेख गरे: “यी कविता प्रेममाथिको मेडिटेसन पनि हुन्, इन्टरभेन्सन पनि। यो मात्रै भावना होइन, विचारको आन्दोलन हो।”

कवि बेलवासेले आफूले लेखेका कविता आफ्नै पीडाको मात्र नभई, मानवीय समष्टिको साझा चोटको अभिव्यक्ति भएको बताए। “पैसा कमाउन सकिन, तर मित्रता र माया पाएको छु। कविता मेरो आत्माको स्वर हो -आफ्नो मात्र होइन, समाजको आँसुलाई बोल्ने प्रयास हो,” उनले भावुक हुँदै भने।

कार्यक्रमका सभाध्यक्ष तथा प्रतिष्ठान अध्यक्ष छविरमण सिलवालले बेलवासेलाई सम्मानपत्र प्रदान गर्दै उनलाई नेपाली कविता क्षेत्रमा एक उर्जाशील स्वरूपको रुपमा प्रस्तुत गरे।

लोकार्पित कृतिमा समेटिएका कविताहरू कवि विश्व सिग्देल, मणि लोहनी, हेम प्रभास, शोभा अधिकारी, र सोझो गाउँलेले मार्मिक प्रस्तुतिमा वाचन गरे। कार्यक्रम सञ्चालन प्रदिप सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले राखेका थिए।

‘चोटहरुको उत्सव’, त्यो एउटा अनुभूतिको उत्सव होजहाँ शब्दहरू रगतजस्तै बग्छन् र पाठकको आत्मासँग ठोक्किन्छन्।

  • Jigyasanepal

थप