Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

वरिष्ठ आख्यानकार रसिक र सापकोटालाई 'परशु–कल्पना स्रष्टा सम्मान' प्रदान गरिने

  •   १ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

काठमाडौं । नेपाली साहित्यमा पाँच दशकभन्दा बढी योगदान पुर्याएका वरिष्ठ आख्यानकार गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ प्रदान गरिने भएको छ। नेपाल स्रष्टा समाजले समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकमार्फत उक्त निर्णय गरेको हो।

सम्मानस्वरूप रसिक र सापकोटालाई रु ५० हजार १ सय १ नगद राशिसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष रोदनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। समाजका अनुसार आगामी चैत ५ गते काठमाडौंमा विशेष कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने छ।

यस सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको अध्यक्ष रोदनले जानकारी दिए।

रसिक र सापकोटाले नेपाली आख्यान क्षेत्रमा आफ्नो विशिष्ट योगदान पुर्याउँदै साहित्यिक जगतमा महत्वपूर्ण छाप छोडेका छन्। उनीहरूको योगदानको कदर गर्दै प्रदान गरिन लागेको यस सम्मानलाई नेपाली साहित्यप्रेमीहरूले सकारात्मक रूपमा लिएको छन्।


  • Jigyasa media

थप