Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

वरिष्ठ आख्यानकार रसिक र सापकोटालाई 'परशु–कल्पना स्रष्टा सम्मान' प्रदान गरिने

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

काठमाडौं । नेपाली साहित्यमा पाँच दशकभन्दा बढी योगदान पुर्याएका वरिष्ठ आख्यानकार गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ प्रदान गरिने भएको छ। नेपाल स्रष्टा समाजले समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा बसेको बैठकमार्फत उक्त निर्णय गरेको हो।

सम्मानस्वरूप रसिक र सापकोटालाई रु ५० हजार १ सय १ नगद राशिसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष रोदनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। समाजका अनुसार आगामी चैत ५ गते काठमाडौंमा विशेष कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने छ।

यस सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको अध्यक्ष रोदनले जानकारी दिए।

रसिक र सापकोटाले नेपाली आख्यान क्षेत्रमा आफ्नो विशिष्ट योगदान पुर्याउँदै साहित्यिक जगतमा महत्वपूर्ण छाप छोडेका छन्। उनीहरूको योगदानको कदर गर्दै प्रदान गरिन लागेको यस सम्मानलाई नेपाली साहित्यप्रेमीहरूले सकारात्मक रूपमा लिएको छन्।


  • Jigyasa media

थप