Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

सुनकोशीद्धारा इम्बोष्ट नम्बर नेपाली भाषामा राख्ने व्यबस्था मिलाउन माग

  •   १ वर्ष अघि | ११ भदौ २०८२, बुधबार

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारी साधनहरुमा राखिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने निर्णयमाथि पुर्नविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

नेपाली भाषा,संस्कृति संकटमा पर्दै गएको आभास भैरहँदा हठात नेपाल सरकारले गरेको सवारी साधनहरुमा जडान गरिने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा हुनुपर्ने भन्ने निर्णय सच्याउन पनि आग्रह गरेको छ ।

अध्यक्ष छविरमण सिलवाल र महासचिव प्रदीप सापकोटाद्धारा संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ – ‘नेपालभित्र दर्ता भएका सवारी साधनहरुमा इम्बोस्ट नम्बर नेपालीमा नराखी अँग्रेजी नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषा, जुन सरकारी कामकाजको भाषा पनि हो यसको अबमुल्यन हुन जान्छ । साथै जनस्तर र विभिन्न संघसंस्थाहरुले समेत व्यापक विरोध जनाइ सकेको अबस्थामा सरकारले गरेको यो निर्णय सच्याउनुको विकल्प पनि छैन् ।’


प्रतिष्ठानले नेपालको संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने संबैधानिक व्यवस्था भएको तर्फपनि सरकारको ध्यानकर्षण गराएको छ ।

नेपाली भाषाप्रति अवमूल्यन गरिदै जाँदा नेपाली भाषा लोपोन्मुख हुने खतरा तर्फपनि विज्ञप्तिमा संकेत गरिएको छ ।

विज्ञप्तिमा ‘नेपाली सवारी साधनमा प्रयोग गरिने इम्बोस्ट नम्बर अंग्रेजी होइन् देवनागरी लिपि हुने गरी जडान गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

  • Jigyasanepal

थप