काठमाडौँ, चैत ७ नेपाली मुक्तक विधालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित "टिकटमा मुक्तक कार्यक्रम" पहिलोपटक आयोजना हुन लागेको छ। यही चैत १६ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाहलमा हुने यो कार्यक्रममा देशभरका ११ चर्चित मुक्तककार एउटै मञ्चमा उभिएर मुक्तक वाचन गर्नेछन्।
चार प्रतिष्ठित संस्थाहरू: नेपाल मुक्तक प्रतिष्ठान, घुम्ती मुक्तक नेपाल, मुक्तक मञ्च काठमाडौँ, र मुक्तकालय नेपाल-को संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम मुक्तक विधालाई उन्नत बनाउने ऐतिहासिक प्रयासको रूपमा हेरिएको छ।
मुक्तकका हस्ती एउटै मञ्चमा
मुक्तक पारखीहरूले मोफसलका चर्चित सर्जकदेखि काठमाडौँका स्थापित मुक्तककारहरूसम्मका सशक्त प्रस्तुति सुन्न पाउनेछन्। कार्यक्रममा मोफसलबाट पाँच र काठमाडौँबाट छ जना चर्चित मुक्तककारले मुक्तक वाचन गर्नेछन्।
मोफसलबाट सहभागी मुक्तककारहरू :
रुद्र ज्ञवाली (भैरहवा)
हरिकृष्ण काफ्ले (रौतहट)
खगेन्द्र गिरी 'कोपिला' (नेपालगन्ज)
मदन भण्डारी (झापा)
सरु लामिछाने (पोखरा)
काठमाडौँबाट सहभागी मुक्तककारहरू :
उदास कार्की
सन्तोष अम्गाई
मीना चौलागाई
पार्वती भट्ट
अनुराधा ढकाल
दीक्षा भण्डारी
"टिकट काटेर मुक्तक सुन्ने अवसर"
मुक्तकप्रेमी दर्शक-श्रोताहरूका लागि यो कार्यक्रम विशेष रहनेछ, यस कार्यक्रममा टिकट काटेर मुक्तक सुन्ने परम्पराको समेत विकास हुदैछ । मुक्तकको कदर गर्दै यो विधालाई व्यावसायिक रूपमा स्थापित गर्ने सोचसहित कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन्।
ह्यासट्याग अभियान
कार्यक्रमलाई सफल बनाउनका लागि आयोजकहरूले मुक्तक प्रेमीहरूलाई#टिकटमा_मुक्तक_कार्यक्रम_२०८१_चैत_१६_काठमाडौँ ह्यासट्याग प्रयोग गरी आफ्ना मुक्तकहरू प्रचार गर्न अनुरोध गरेका छन्।
यस्तो अवसर नछुटाउनुहोस्!
मुक्तक पारखीहरूसँगै नेपाली साहित्यका प्रेमीहरूका लागि पनि यो कार्यक्रम ऐतिहासिक क्षण बन्ने बताइन्छ। चैत १६ गते शनिबार कुनै पनि अन्य कार्यक्रम सिद्धिचरण सभाहलमा मुक्तकको आनन्द लिन आयोजकहरू आग्रह गरेका छन् ।
आयोजक संस्थाहरू :
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँ
घुम्ती मुक्तक नेपाल, काठमाडौँ
मुक्तक मञ्च, काठमाडौँ
मुक्तकालय नेपाल, काठमाडौँ
- Jigyasa media