Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

हरि अधिकारीको दुई कृति सार्वजनिक

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौं, बानेश्वरमा आयोजित एक समारोहमा कवि हरि अधिकारीको दुई नयाँ कृति 'कवितासँग पाँच दशक' र 'संवादमा समयविम्ब'को लोकार्पण भएको छ । राष्ट्रका २० विशिष्ठ व्यक्तित्वसँग गरेको कुराकानीमा आधारित ग्रन्थ 'संवादमा समयविम्ब'को लोकार्पण प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासले गर्नुभयो भने 'कवितासँग पाँच दशक'को लोकार्पण कार्यक्रमका सभापति  न्यायमूर्ति गौरीबहादुर कार्कीले गर्नु भएको थियो । 


लोकार्पण कार्यक्रममा  'कवितासँग पाँच दशक' र कविका कविताहरूका बारेमा समीक्षक राजकुमार बानियाँ तथा वार्तासङ्ग्रह 'संवादमा समयविम्ब'का बारेमा  लोकेश ढकालले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । सभाका वक्ताहरू डा. विमल कोइराला, डा. तिलक रावल तथा नेता चिरञ्जीवी वाग्लेले 'संवादमा समयविम्ब'ले आजको नेपाली समाज र समयको वस्तुपरक चित्र खिचेको छ भन्नूभयो । 


काभ्रेमा जन्मिएर हाल भक्तपुर बस्दै आएका कवि हरि अधिकारी पछिल्लो समयका चोटिला समीक्षक हुन् भने कविता क्षेत्रमा एक तारा हुन् । उनको 'गार्मेन्टकी गायत्री' चर्चित कविता संग्रह हो । 



  • Reporter

थप