Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

ठमेलमा सुनिए तीन मुक्तककारहरु

  •   ४ महिना अघि | १४ चैत्र २०८२, शनिबार

काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् ।

राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त  मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सुत्रात्मक अभिव्यक्ति दिने बताए । 'अनुभूति,भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रुपमा मुक्तक रहेको बताउँदै भने अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब,प्रतिक, अलङ्कार,ध्वनि प्रयोग हुन्छ । मुक्तक जुनसुकै विषयमा पनि लेख्न सकिन्छ ।

मुक्तक प्रतिष्ठानले मुक्तकसम्बन्धमा प्रा.डा.लक्ष्मणप्रसाद गौतमको अगुवाईमा सिद्धान्त निर्माण गरी पुस्तक समेत प्रकाशन गरेको छ ।'

उनले आफ्ना केही थान मुक्तक समेत सुनाए । 

यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले कार्यक्रम सुन्दर रहेको,मुक्तककारहरुका मुक्तकहरु समसामयिक विकृति विरुद्ध लक्षित देखिएका मात्र नभएर देशप्रेम,माटोको माया,भावना,प्रेम,सम्बन्ध लगायतका विषयमा प्रस्तुत भएको बताए । 

छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे ।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरुको छोटो परिचय समेत दिएका थिए ।

वाचित मुक्तकहरु विषयगत रुपमा विविधता रहेका थिए । मुक्तकहरुमा देशप्रेम,मायाप्रेम,समसामयिक विकृति र विसंगतिप्रति तिव्रतर रोश र व्यङ्ग्य व्यक्तिएका थिए ।

चिवहालःगौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको छ ।

  • Jigyasanepal

थप