Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

‘तालीको समाजशास्त्र’माथि परिचर्चा : विश्व सिग्देलको कविता सांस्कृतिक चेतनाको शिखरमा

  •   १२ महिना अघि | २५ साउन २०८२, आइतवार

काठमाडौं  । कवि विश्व सिग्देलको नवीनतम कविताकृति ‘तालीको समाजशास्त्र’ माथि शुक्रबार काठमाडौंको ठमेलमा परिचर्चा सम्पन्न भएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ कवि श्यामल प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा बोल्दै कवि श्यामलले विश्व सिग्देललाई “अत्यन्तै सम्भावना भएका कवि” भन्दै उनको कविताले व्यक्तित्व निर्माणमा ठूलो योगदान दिएको बताए। उनले भने, “साँस्कृतिक चेतना र लघुताभाषको युगमा घिनलाग्दो परिपाटी मञ्चबाट सुरु हुन्छ, र कविले त्यस्तो परम्परा तोड्नुपर्छ। समयको मूल्यलाई नमान्ने कवि हुन सक्दैन।”

श्यामलका अनुसार, नेपाली कविताको गहिराइ बुझ्न विश्व साहित्य बुझ्न आवश्यक छ।

सशक्त बिम्ब र सामाजिक यथार्थको चित्रण

परिचर्चाकार आर एम डंगोलले ‘तालीको समाजशास्त्र’मा समाजका जटिल यथार्थलाई प्रखर रूपमा चित्रण गरिएको बताए। उनका अनुसार, कृतिमा ४५ वटा कवितामार्फत सामाजिक विकृति र विसङ्गति उजागर गरिएको छ। उनले सिग्देललाई “थोरै लेख्ने तर गहकिला कविता लेख्ने कवि” भन्दै प्रशंसा गरे।

डंगोलले भने, “विश्वका कविताहरू वैचारिक र बौद्धिक चेतले लेखिएका छन्। सरल कवितामा पनि विषयको गाम्भीर्य भरिएको छ।”

अर्की चर्चाकार सुधा मैनालीले कवि सिग्देलको कवितामा सालीन विद्रोह र विषयगत विविधता देखिने उल्लेख गर्दै भनिन्, “२१औं शताब्दीको सभ्य समाजको तालीलाई दासत्वको यात्राको रूपमा चित्रण गरिएको छ। सामाजिक विकृति र विचलनप्रति व्यङ्ग प्रहार गरिएका छन्।”

कविको प्रतिक्रिया

सर्जक विश्व सिग्देलले आफ्नो मन्तव्यमा, “आज म सुन्न आएको र सुनेर गुन्न आएको छु,” भन्दै समीक्षक र सहकर्मीहरूलाई धन्यवाद व्यक्त गरे। उनले विचार र कलालाई सँगसँगै लैजाने प्रतिबद्धता दोहोर्याउँदै भने, “कविता कविताजस्तो बनाउन अग्रज र समकालीनहरूको सुझाव आवश्यक छ।”

कार्यक्रममा कवि रमी प्रिया, चन्द्रबहादुर लामा, अमोघ काफ्ले लगायतले कृतिबाट कविता वाचन गरे।

आयोजनात्मक पक्ष

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो। महासचिव प्रदीप सापकोटाले सहजीकरण गरेका थिए भने सदस्य पूर्णबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए। सह-आयोजकमा चि:वहाल परिवार, ठमेल र मिडिया पार्टनर इखबर नेट रहेका थिए।

  • Jigyasanepal

थप