Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार २०८०

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काठमाडौं, २०८१ भदौ १४ । यस वर्षको प्रतिष्ठित मदन पुरस्कार लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले जितेको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले २०८० सालको लागि यो कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो।

मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो, जसले नेपाली साहित्यमा योगदान पुर्याउने लेखकहरूलाई सम्मानित गर्दै आएको छ। यस वर्षको पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ।

साथै, गुठीले प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ, जसको पुरस्कार राशी पनि ४ लाख रुपैयाँ नै रहेको छ। 

२०८० सालमा प्रकाशित पुस्तकमध्ये ३०४ कृतिहरूबाट उत्कृष्ट पाँच कृतिहरूको सूचीमा ‘मुकाम रणमैदान’ सहित भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए। 

पुरस्कार वितरण समारोह आगामी असोजमा हुने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

  • Jigyasa media

थप