Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार २०८०

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काठमाडौं, २०८१ भदौ १४ । यस वर्षको प्रतिष्ठित मदन पुरस्कार लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले जितेको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले २०८० सालको लागि यो कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो।

मदन पुरस्कारको स्थापना २०१२ सालमा भएको हो, जसले नेपाली साहित्यमा योगदान पुर्याउने लेखकहरूलाई सम्मानित गर्दै आएको छ। यस वर्षको पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ।

साथै, गुठीले प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ, जसको पुरस्कार राशी पनि ४ लाख रुपैयाँ नै रहेको छ। 

२०८० सालमा प्रकाशित पुस्तकमध्ये ३०४ कृतिहरूबाट उत्कृष्ट पाँच कृतिहरूको सूचीमा ‘मुकाम रणमैदान’ सहित भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’, र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए। 

पुरस्कार वितरण समारोह आगामी असोजमा हुने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

  • Jigyasa media

थप