Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मिथिलाञ्चलमा चैती छठपर्व भव्यताका साथ सम्पन्न

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

शुक्रबार, चैत २२, २०८१ | जिग्यासा नेपाल

जनकपुरधाम — सूर्य आराधनाको अनुपम पर्व चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न भएको छ। विशेषगरी मिथिलाञ्चलमा चार दिनसम्म आस्था, ब्रत र धार्मिक अनुशासनका साथ मनाइने यो पर्व आज धार्मिक उल्लास र श्रद्धासहित सम्पन्न भएको हो।

जनकपुरधामसहित मधेस प्रदेशका सहर र गाउँका तालतलैया, नदी र पोखरीहरू छठ व्रतालु र भक्तजनले भरिएका थिए। गङ्गासागर, अङ्गराज सर, दशरथ ताल जस्ता प्रमुख स्थलहरूमा धार्मिक विधिअनुसार सामूहिक पूजा-अर्चना गरिएको थियो।

यस पर्वको प्रमुख विशेषता— अस्ताउँदो र उदाउँदो सूर्यको आराधना— अनुसार, बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि आज बिहान पुनः जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ्य दिइयो। व्रतालुहरूले विशेष पकवानहरू— ठकुवा, भुसवा, पेरुकिया, खजुरिया—सँगै फलफूल र भोग सामग्रीको अर्घ्य अर्पण गरेका थिए।

धार्मिक ग्रन्थ अनुसार, सती अनुसूयादेखि द्रौपदीसम्मले यो व्रत गरेका उल्लेख पाइन्छ। पारिवारिक समृद्धि, स्वास्थ्य लाभ र आध्यात्मिक शुद्धताका लागि यो पर्वलाई विशेष मानिन्छ।

चार चरणमा मनाइने छठपर्वमा पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य, र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी ब्रत सम्पन्न गर्ने परम्परा रहिआएको छ।

व्रतालुहरूले जलाशयको किनारमा निर्माण गरिएका छठघाटमा परम्परागत गीत गाउँदै, पूजा सामग्रीसहित आराधना गरे। अघिल्लो रातदेखिको कठोर उपवास र नियम–अनुसार व्रत बोक्ने ब्रतालु महिलाहरूको अनुशासन, श्रद्धा र समर्पणले यो पर्वको विशेषता झनै बढाएको छ।


  • Jigyasa media

थप