Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

  •   ४ महिना अघि | १७ जेष्ठ २०८३, आइतवार

मुस्ताङ, जेठ १७ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘लेक लाग्ने’ (हाइअल्टिच्युड सिकनेस) समस्याले गम्भीर रूप लिँदै गएको छ। चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर ९ विदेशी नागरिकसहित १३ जना पर्यटकको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा नेपालीतर्फ तीन पुरुष र एक महिला तथा विदेशीतर्फ सात पुरुष र दुई महिला रहेका छन्। मुक्तिनाथ दर्शनका लागि आएका ती पर्यटकहरू वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका क्षेत्रमा लेक लागेपछि उपचारका क्रममा ज्यान गुमाएका हुन्।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार पछिल्लो साढे १० महिनामा मात्रै १३ जनाको मृत्यु हुनु चिन्ताजनक अवस्था हो। विशेषगरी भारतलगायत समथर भूभागबाट प्रत्यक्ष रूपमा उच्च हिमाली क्षेत्रमा पुग्ने पर्यटकहरूमा लेक लाग्ने जोखिम बढी देखिएको छ।

समुद्री सतहबाट ३ हजार मिटरभन्दा माथिको क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले मुस्ताङ पुग्ने धेरै पर्यटकलाई श्वासप्रश्वासमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान हुनेलगायत लक्षण देखिने गर्छ। पर्याप्त आराम नगरी एकैपटक उच्च क्षेत्रमा पुग्दा जोखिम झन् बढ्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

लेक लाग्ने समस्या न्यूनीकरण गर्न प्रदेश जनस्वास्थ्य कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), मुक्तिनाथ विकास समिति, स्थानीय तह तथा सुरक्षा निकायहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। म्याग्दी–मुस्ताङ सिमानास्थित घाँसादेखि मुक्तिनाथसम्म विभिन्न स्थानमा सचेतनामूलक साइनबोर्ड राखिएको छ भने ब्रोसर वितरणसमेत भइरहेको छ।

मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार मुक्तिक्षेत्रका अधिकांश होटलमा पोर्टेबल अक्सिजन सिलिन्डर र आवश्यक औषधिको व्यवस्था गरिएको छ। यद्यपि, ट्राभल एजेन्सी र होटलहरूले पर्यटकलाई पर्याप्त स्वास्थ्य जानकारी नदिँदा समस्या अझै नियन्त्रणमा आउन सकेको छैन।

स्वास्थ्यकर्मीहरूका अनुसार उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा बीच–बीचमा विश्राम गर्दै शरीरलाई वातावरणसँग अनुकूल बनाउन आवश्यक हुन्छ। विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति तथा शारीरिक रूपमा कमजोर यात्रुहरू बढी जोखिममा रहने गरेका छन्।

दर्शनार्थीहरूको सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसर र मन्दिर जाने सिँढी मार्गमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ सञ्चालन गरिएको छ। तर पनि बढ्दो पर्यटक चापसँगै लेक लाग्ने घटनाले मुस्ताङ भ्रमणलाई थप सावधानीपूर्वक बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

  • Jigyasanepal

थप