Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना

  •   ४ महिना अघि | १६ जेष्ठ २०८३, शनिबार

काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले आज देशका विभिन्न भूभागमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। देशका तराई तथा पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

मौसम विभागका अनुसार रातिको समयमा सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।

मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः कमजोर हुँदै जाने सम्भावना छ। उनका अनुसार आगामी सातादेखि वर्षा हुने क्षेत्र र मात्रा दुवै घट्दै जाने भए पनि पश्चिमी वायुको सामान्य प्रभाव अझै केही दिन रहने भएकाले अत्यधिक गर्मी बढ्ने सम्भावना कम रहेको छ।

शनिबार बिहान काठमाडौं उपत्यकासहित मध्य नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ भने मधेस प्रदेशमा पनि राम्रो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मौसममा निरन्तर परिवर्तन भइरहेकाले किसान, यात्रु तथा सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र आवश्यक काम गर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप