Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

गुजरातमाथि आरसीबीको विराट जित, लगातार दोस्रोपटक आईपीएल फाइनलमा प्रवेश

  •   ५ दिन अघि | १३ जेष्ठ २०८३, बुधबार

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो दबदबा कायम राख्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै आरसीबी उपाधिनजिक पुगेको हो।

धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा भएको खेलमा आरसीबीले प्रस्तुत गरेको विशाल २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात ३ बल बाँकी छँदै १ सय ६२ रनमै समेटियो।

गुजरातका लागि राहुल तेवाटियाले संघर्षपूर्ण अर्धशतक प्रहार गर्दै ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। जस बटलरले २९ तथा ओपनर साइ सुदर्शनले १४ रन जोडे पनि अन्य ब्याटर आरसीबीका बलरसामु टिक्न सकेनन्।

गुजरातलाई सस्तैमा समेट्न आरसीबीका जाकोब डफी चम्किए। उनले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रनसिक सलाम र क्रुनाल पाण्ड्याले समान २–२ विकेट हात पारे। जोस हेजलवुडले पनि एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रनको विशाल योगफल तयार गरेको थियो। आरसीबीका कप्तान रजत पाटिदारले विस्फोटक ब्याटिङ गर्दै ९३ रनमा अविजित रहे। उनले मात्र ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै मैदान तताएका थिए।

विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३–४३ रनको योगदान दिए भने देवदत्त पाडीक्कलले ३० रन थपे। गुजरातका लागि कागिसो रवाडा र जेसन होल्डरले समान २ विकेट लिए भने प्रसिद कृष्णले १ विकेट हात पारे।

पराजित गुजरात टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छैन। अब उसले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटरमा बुधबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन्।

लगातार दोस्रोपटक फाइनल पुगेको आरसीबी उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने गुजरात दोस्रो अवसरमार्फत पुनः फाइनल पुग्ने आशामा रहेको छ।

  • Jigyasanepal

थप